• +977 1 4410478

  • info@onlinesamaya.com

  • Uncategorized, अर्थ, ताजा समाचार, विश्व, शिक्षा तथा संस्कृति

    सिलिकन एजुकेशन नेटवर्कले गर्यो कोरियन शैक्षिक मेला

     199 Views
    सिलिकन एजुकेशन नेटवर्कले गर्यो कोरियन शैक्षिक मेला

    काठमाडौं ।  पछिल्लो समयमा अन्तर्राष्ट्रिय विद्यार्थी र अभिभावक हरूले कोरियन शैक्षिक पद्धतिलाई मनपराएका छन्।श्रम गन्तब्यको रुपमा चिनिएको कोरिया हाल बिदेश अध्ययनको केन्द्र बिन्दु बनिरहेको छ । बर्षेनी डेढलाख अन्तर्राष्ट्रिय बिध्यार्थी हरू उच्च शिक्षा हासिल गर्ने उद्देश्यले कोरिया जाने गरेको तथ्याङ्क ले देखाउँछ ।

    कोरियाले आफ्नो शैक्षिक प्रणाली लाई ब्याबहारिक र अनुसन्धान मुलक बनाउनु, अध्ययनपश्चात् विद्यार्थीहरुलाई विभिन्न सुविधा र उच्चस्तरीय डिग्री प्रदान गर्ने हुँदा अन्तर्राष्ट्रिय विद्यार्थीहरूले कोरियालाई आफ्नो रोजाईमा पारेका हुन् ।

    अन्तर्राष्ट्रिय स्तरको विश्वविद्यालयहरू कोरियामा हुनुले पनि विद्यार्थीहरु यसतर्फ आकर्षित भएका हुन् । गुणस्तरीय शिक्षा, अनौठो संस्कृति, अध्ययनको क्रममा हप्तामा  बिस घण्टासम्म काम गर्न पाउनु, अध्ययन पश्चात को अबसरले पनि विद्यार्थीहरु कोरियालाई  शैक्षिक गन्तव्यका रुपमा छान्ने गरेको पाइन्छ।

    ब्यबहारिक शैक्षिक प्रणाली र प्रबिधिक ज्ञान, शीप र दक्षता अभिबृद्धि गर्ने कोरियन शिक्षण पद्धति अङ्ग्रेजी भाषामा समेत अध्ययन अध्यापन हुने हुँदा पनि कोरियन  शैक्षिक प्रणालीको परिधि बढेर गएको छ।

    यसै विषयमा केन्द्रित रही सिलिकन एजुकेशन नेटवर्कले यही नोभेम्बर सताईस तारिखमा काठमाडौंको होटल शङ्करमा कोरियन शैक्षिक मेला को  आयोजना हुने भएको छ। विभिन्न विश्वविद्यालयका प्रतिनिधिहरुबाट प्रत्यक्षरुपमा विद्यार्थीहरूले परामर्श लिएका थिए ।

    ग्यान्जोन्दो प्रदेशका सरकारी पदाधिकारी, ग्यानजिनयुङ वन्जु नेशनल युनिभर्सिटी, कान्जोन नेशनल युनिभर्सिटी, क्योङदोङ युनिभर्सिटी, श्यान्जी युनिभर्सिटी र कोरियन युनिभर्सिटीज् एड्मिसन सेन्टरका प्रतिनिधि हरू ले कोरियन शैक्षिक पद्दती, अन्तर्राष्ट्रिय बिध्यार्थी हरू लाई कोरियामा रहेको अबसर लगायतका बिषय मा परामर्श प्रदान गर्नुभएको थियो  ।

    उक्त शैक्षिक मेलामा सिलिकन एजुकेशन नेटवर्क का  प्रतिनिधिले KOREAN LANGUAGE, IELTS, TEST PREPARATION र कोरियन  शैक्षिक प्रणालीका बारेमा जानकारी गराएका थिए

    यसमा तपाइको मत

    Facebook Comment