• ताजा समाचार, देश, शेयर मार्केट

    त्यो ‘असारे भिजिट’ अखबार पढेर थाहा पाइयो : प्रधानमन्त्री

     207 Views
    त्यो ‘असारे भिजिट’ अखबार पढेर थाहा पाइयो : प्रधानमन्त्री

    ११ भदौ, काठमाडौं । महेन्द्र संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालाले अघिल्लो महिना क्यानडा जान गरेको प्रयासलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी बजेट सिध्याउने ‘असारे भिजिट’ को संज्ञा दिएका छन् । सम्मानित सर्वोच्च अदालतबाट पनि यस्तै असारे भिजिट गरिएको आफूले अखबार पढेर थाहा पाएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

    उपकुलपति कोइरालासहित ७ जनाको टोली क्यानडा जान लाग्दा कोइरालालाई प्रधानमन्त्री निवास बालुवाटारमा थुनेर राखिएको विषयमा प्रधानमन्त्री ओलीले सोमबार स्पष्टीकरण दिँदै भने- ‘त्यो एउटा असारे भिजिट हो । सम्मानित सर्वोच्च अदालतबाट जर्जिया कि कहाँ पनि एउटा असारे भिजिट गयो भन्ने अखबारमा पढें । त्यो पनि त्यस्तैखालको भिजिट हो । त्यो पनि हामीले अखबारबाटै, सञ्चारमाध्यमबाटै थाहा पाएको हो ।’

    उपकुलपति कोइरालालाई बालुवाटारमा थुनिएको नभएर उनी आफैं प्रहरीको गाडी चढेर एयरपोर्टबाट आएको प्रधानमन्त्रीले बताए । यसबारे आफूले भोलिपल्ट अखबारबाट थाहा पाएको उनले दाबी गरे । क्यानडा जानबाट सरकारले कोइरालालाई नरोकेको बताउँदै प्रधानमन्त्रीले भने- ‘रोक्ने भएदेखि ती ७/८ जना अनधिकृत ढंगले सरकारी खर्चमा घुम्न गएकालाई रोक्न सकिन्थ्यो ।’

    उपकुलपति प्रकरणबारे प्रधानमन्त्री ओलीले दिएको स्पष्टीकरण उनकै शब्दमा –

    एकजना महान विद्वान हुनुहुँदोरहेछ । उहाँको भाषा, शैली, सभ्यता संस्कृति सबैले विद्वता देखाइसकेको मैले पनि परिचित भएँ । रिपोर्टस क्लबबाट थाहा पनि पाएँ मैले । उहाँलाई मैले गिरफ्तार गर्नु पनि भनिनँ । यहाँ ल्याउनु पनि भनिनँ । थुनेर राख्नु पनि भनिनँ । केही पनि भनिनँ । मैले त्यो सबै कुरा भोलिपल्ट थाहा पाएँ ।

    पहिलो कुरो, उहाँहरु अनुचित ढंगले जानुभएको हो । जहान परिवारसँगको १८ जनाको टोली लिएर क्यानडामा उहाँहरुले संस्कृतको पुराण भन्ने होइन, केही भन्ने होइन । १८ जनाको टोली लिएर जान खोज्नुभएको रहेछ, तर उहाँहरुले त्यतिको भिसा प्राप्त गर्न सक्नुभएन । १० जनाको भिसा रिजेक्ट भो । यिनीहरुलाई शंका लाग्छ, उतै बस्छन्, के गर्छन् भनेर रिजेक्ट भो ।

    एउटा कानून प्रवन्ध के हो भने उपकुलपतिले छुट्टी लिनुपर्छ । त्यस्तो माथ्लो तहको मान्छेहरु विदेश जाँदा प्रस्ताव अर्थ मन्त्रालयबाट स्वीकृति लिनुपर्छ । म जाँदा पनि पर्छ । मन्त्रीहरु जाँदा पनि स्वीकति लिनुपर्छ यो एउटा विधि हो । विदा स्वीकृत गराउनुपर्छ । कहाँ छ भन्ने कुरा संस्थालाई थाहा हुनुपर्छ । र, कुलपतिलाई पनि थाहा हुनुपर्छ । कुलपतिले विदा स्वीकृत गर्नुपर्छ । वहाँलाई त्यहाँ भनिएको रहेछ । अरु साथीहरुले पनि भनेका रहेछन्, विदा स्वीकृत गराएर जानुपर्छ ।

    वहाँका अभिव्यक्तिहरु विद्वतापूर्ण हुने गर्छन् । त्यसलाई कोट गर्नेतिर नजाऔं । वहाँ संस्कृत पढेको, वहाँले कुन देशमा गएर अंग्रेजीमा भाषण पनि गर्नुभयो भनेको मैले टेलिभिजनमा सुनें । उहाँको डबल डिग्री नै होला । तर, वहाँले प्रक्रिया पुर्‍याउनुभएन । हामीलाई कुनै जानकारी गराउनुभएन ।

    त्यो एउटा असारे भिजिट हो । सम्मानित सर्वोच्च अदालतबाट जर्जिया कि कहाँ पनि एउटा असारे भिजिट गयो भन्ने अखबारमा पढें । त्यो पनि त्यस्तैखालको भिजिट हो । त्यो पनि हामीले अखबारबाटै, सञ्चारमाध्यमबाटै थाहा पाएको हो ।

    म कुलपति भएको हुनाले अरु विश्वविद्यालयका उपकुलपतिहरु आउनुभयो । कतिलाई मैले बोलाएर पनि भेटें । विश्वविद्यालयको स्थिति के छ ? र, संस्कृत विश्वविद्यालयको के छ स्थिति ? म सोधीखोजी गर्दैथिएँ ।

    यसैक्रममा एउटा निवेदन पनि आयो उहाँको बेथितीका बारेमा । गैरकानूनी क्रियाकलाप, बेथिति, मनपरी, वैयक्तिक स्वेच्छाचारिताका साथ चलाउने प्रवृत्ति आदि इत्यादिका बारेमा । मैले भनें- यस निवेदनमाथि कारवाही भन्दा पहिले उहाँलाई बोलाएर यसविषयमा सोधौं । बोलाउँ न भनेर मैले खबर गरें । मौखिकै खबर गरें । उहाँको जवाफ सवाफ केही आएन ।

    पछि कसैले मलाई यस्तै, बिहान ११ बजेको बेलातिर भन्यो- संस्कृत विश्वविद्यालयको उपकुलपति काठमाडौं आउनुभएको छ । त्यसो भए मैले भेट्न खोजेको खबरचाहिँ पुगोस् भनें । त्यो खबर पुग्यो । उहाँ कतिबेला आउनुहुन्छ त, कन्र्फम गर भन्दा उहाँको फोन त स्वीच्ड अफ छ । बेट्रीसेट्री सिद्धिएको होला, उहाँको स्रोतहरु होला नि यताउता खोज न भनें । मचाहिँ दिनभरी उपकुलपति आउनुहुन्छ भनेर बस्दिनँ, कतिबेला सम्पर्कमा आउनुहुन्छ, मेरो समय हेरेर मिलाएर टाइम दिनू भनें ।

    अब मैले खोजेको छु भनेपछि प्रशासनजतिरबाट, कहीँबाट कुरा त्यहाँ गयो । उपकुलपति दिनभरि फेला पर्नुभएन । बेलुका फेला पर्नुभो, एयरपोर्टमा । त्यहाँ प्रधानमन्त्रीज्यूले उपकुलपतिज्यूलाई खोज्दै हुनुहुन्थ्यो, बोलाउनुभएको थियो भने । उहाँले मेरो त क्यानडा जानु छ, क्यानडा हिँडेको ।

    तर, प्रधानमन्त्रीले खोज्नुभएको छ भनेपछि जाममा पर्छ के हुन्छ म तुरुन्त गएर आउँछु भनेर उहाँ तुरुन्त आउनलाई पुलिसको गाडीमा आउनुभो । पुलिसको गाडीले ड्रप गरेर फर्किइहाल्यो कि, पर्खिएर बस्यो त्यो पनि मलाई थाहा छैन । -बालुवाटारमा) ड्रप गरेर शायद पुलिसको गाडी फर्कियो ।

    उहाँ आउनुभो, सोध्नुभो, प्रधानमन्त्री खोई ?मसँग समय त मिलाएको थिएन । म बाहिर गएको थिएँ । प्रधानमन्त्री हुनुहन्न । कतिबेला आउनुहुन्छ ? त्यो त थाहा भएन । उहाँको यहाँ अर्को कार्यक्रम नभएको, बाहिरबाट आउने समय थाहा नभएको भनेर यहाँबाट कसैले बताइदियो । त्यसोभए म हिँडें भन्नुभो, उहाँ हिँड्नुभो । म त क्यानडा जानु छ, हतार छ भनेर हिँड्नु भो । वहाँलाई कसैले थुनेर राखेको छ हैन ।

    एउटा मिस अण्डस्ट्यानिङ के भयो भने प्रधानमन्त्रीले भेट्न खोजेको उहाँलाई इन्फर्ममात्रै गरिदिनुपर्थ्यो । वहाँले भन्नुपथ्र्यो, अहिले म जान सक्दिनँ, म क्यानडा जानुपर्ने मान्छे । तर, छिटै गएर आउँछु भनेर छिटै गएर आउन भनेर यहाँ आउनुभो । वहाँ किन आउनु भो ? त्यहाँ अलिकति मिस अण्डस्ट्यानिङ भएको हुन सक्छ । तर, यो कुरा मलाई थाहा भएन । भोलिपल्ट पनि मलाई कसैले उपकुलपति आएको रिपोर्ट गरेन । रिपोर्टस क्लबमा उहाँले बोलेपछि, मिडियामा आएपछि मैले थाहा पाएँ ।

    रोक्ने भएदेखि ती ७/८ जना अनधिकृत ढंगले सरकारी खर्चमा घुम्न गएकालाई रोक्न सकिन्थ्यो । त्यो एउटा असारे भिजिट हो । सम्मानित सर्वोच्च अदालतबाट जर्जिया कि कहाँ पनि एउटा असारे भिजिट गयो भन्ने अखबारमा पढें । त्यो पनि त्यस्तैखालको भिजिट हो । त्यो पनि हामीले अखबारबाटै, सञ्चारमाध्यमबाटै थाहा पाएको हो ।

    source onlinekhabar

    यसमा तपाइको मत

    Facebook Comment