• +977 1 4410478

  • info@onlinesamaya.com

  • ताजा समाचार, शिक्षा तथा संस्कृति

    शैक्षिक परामर्शदाता हब इन्टरनेशनलको अष्ट्रेलियन एजुकेसन फेयर २०२० सम्पन्न

     42 Views यज्ञराज उपाध्याय
    शैक्षिक परामर्शदाता हब इन्टरनेशनलको अष्ट्रेलियन एजुकेसन फेयर २०२० सम्पन्न

    काठमाडौं । पछिल्लो समय अष्ट्रेलियाका विभिन्न शहरहरुमा अध्ययनका लागि जानेहरु बढेका छन् । नेपालबाट मात्र नभएर विश्वका धेरै देशबाट अष्ट्रेलियामा विद्यार्थीहरु पढ्नका लागि जाने गर्छन । जहाँ ज्ञान, सीप र अवसर पाउने भएकाले पनि विद्यार्थीहरु अष्ट्रेलियन शिक्षा प्रणालीमा आकर्षित भएका छन् । यसैलाई मध्यनजर गर्दै नेपालबाट विश्वका विभिन्न देशमा अध्ययनका लागि विद्यार्थी पठाउदै आएको हब इन्टरनेसनलले सोमबार अष्ट्रेलियन एजुकेसन फेयर २०२० आयोजना गरेर विद्यार्थीहरुलाई अष्ट्रेलियाका विभिन्न विश्वविद्यालय तथा कलेजका जान र अध्ययन गर्नका लागि सहजीकरण गरेको छ ।

    विद्यार्थीहरुलाई आफ्नो गन्तव्य छनोट गरेर त्यहाँ जान सहजता ल्याउने उद्देश्यले सोमबार हब कम्प्लेक्स बागबजारमा एजुकेसन फेयरको आयोजना गरिएको थियो । अष्ट्रेलियामा सञ्चालित झण्डै दर्जनौं विश्वविद्यालय र कलेजहरुको सहभागिता रहेको उक्त एजुकेसन फेयरमा विद्यार्थीहरुले आफ्नो रुचि अनुसार अष्ट्रेलियाको कुन कलेजमा पढ्दा राम्रो हुने र त्यहाँका सेवा सुविधाहरु के कस्ता छन भन्ने विषयमा सम्बन्धित कलेजका प्रतिनिधिहरु संग प्रत्यक्ष सुझाव लिएका थिए ।

    फेयरमा federation (university australia), ATMC (australian technical and management college), Excelsia college sydney, James cook university australia, engineering institute of EIT technology, Box hill institute, Victorian institute of technology, KENT institute australia, EduCo university of southern queensland sydney, IIBIT international institute of business and information technology, IHNA, CIM australia, southern cross university, KOI international Western australia, CROWN institute, travellers hub, australian education लगायतको सहभागिता रहेको थियो भने सयौं विद्यार्थी तथा अभिभावकले परामर्श लिएका थिए । उनीहरुले विश्वविद्यालय तथा कलेजको फी, अकोमोडेसन र त्यहाँको वातावरणको बारेमा पनि परामर्श लिएका थिए ।

    विद्यार्थी भिसामा बाहिर जान सहुलियत शैक्षिक ऋण प्रदान गर्न बैंकिग पार्टनरको रुपमा बैंक अफ काठमाण्डु रहेको थियो भने फेयरमा ब्रीटिस काउन्सिल नेपालले उपस्थित विद्यार्थि तथा अभिभावकलाई आफुले प्रदान गर्ने आयल्सतोफेल र अन्य सेवासुविधाको बारेमा जानकारी गराएको थियो ।

    यसमा तपाइको मत

    Facebook Comment