• +977 1 4410478

  • info@onlinesamaya.com

  • शिक्षा तथा संस्कृति

    प्रोफेशनल कन्सलटेन्सीमा म्याक्वेरी युनिभर्सिटीको इन्फर्मेसन सेसन सम्पन्न

     122 Views यज्ञराज उपाध्याय
    प्रोफेशनल कन्सलटेन्सीमा म्याक्वेरी युनिभर्सिटीको इन्फर्मेसन सेसन सम्पन्न

    काठमाडौं । प्रोफेसनल एजुकेसन कन्सलटेन्सीले आयोजना गरेको अष्ट्रेलियन एजुकेसन इन्फर्मेसन सेसन डे सम्पन्न भएको छ ।

    सेसनमा उपस्थित विद्यार्थी तथा अभिभावकहरुलाई अष्ट्रेलिया स्थित म्याक्वेरी युनिभर्सिटी (MACQUARIE University) को एजुकेसन सम्बन्धि परामर्श दिइएको थियो । उक्त युनिभर्सिटीका दक्षिण एसिया संयोजक अल्कायट हुसेनले आफ्नो युनिभर्सिटीमा पढाइ हुने कोर्स सम्बन्धि स्पष्ट पार्दै अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि सुनौलो अवसर रहेको बताएका थिए ।

    उनले उपस्थित विद्यार्थीलाई परामर्श दिदै म्याक्वेरी युनिभर्सिटीमा भएका सेवा सुविधा, छात्रवृत्ति लगायतका बिषयमा विद्यार्थीलाई बुझाएका थिए । सोही कार्यक्रममा स्टार काउन्सलर अफ म्याक्वेरी युनिभर्सिटीले प्रोफेसनल एजुकेसन कन्सलटेन्सीका वरिष्ठ काउन्सलर बिकेश शाही र दिलाशा श्रेष्ठलाई सम्मान गरेको थियो ।

    यसमा तपाइको मत

    Facebook Comment