• कला/साहित्य, देश, संगीत, समाचार, समाज

    गायक पशुपती शर्माको ‘लुट्न सके लुट’ फेरि यूट्यूबमा राख्न प्रतिष्ठानको आग्रह

     43 Views
    गायक पशुपती शर्माको ‘लुट्न सके लुट’ फेरि यूट्यूबमा राख्न प्रतिष्ठानको आग्रह

    फागुन-५ , काठमाडौं । राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले हाल विवादित बनिरहेको चर्चित गायक पशुपती शर्माको गीत ‘लुट्न सके लुट..’ लाई फेरि जस्ताको तस्तै यूट्यूबमा राख्न आग्रह गर्ने निर्णय गरेको छ ।

    प्रतिष्ठानको आइतबार बसेको बैठकमा सो गीतका विषयमा लामो छलफल भएको थियो । बैठकपछि जारी प्रेस विज्ञप्तिमा शर्माको गीत जस्ताको तस्तै सुन्न पाउनु दर्शक, स्रोताको अधिकार भएको भन्दै पुन अपलोड गर्न सर्जक पशुपति शर्मालाई आग्रह गरिएको छ । वैठकमा उपाध्यक्ष समेत रहेका गायक पशुपति शर्मा पनि उपस्थित भई सो गितका सम्बन्धमा आएका समस्याहरु माथी छलफलमा भाग लिएका थिए ।

    यसमा तपाइको मत

    Facebook Comment