गुरु र गोरु

अनलाइनसमय |
८ चैत २०७५
गुरु र गोरु

चक डस्टरको रङ्ग गालामा पोतिएपछी ।
गुरु गोरु हुदो रहेछ कक्षामा जोतिएपछि ।।

गुरु नाच्दछ कक्षामा गोरु नाच्दछ खेतमा ।
ननाची नहुने रहेछ मुसा दगुरेपछि पेटमा ।।

उर्जा सञ्चयका निम्ती गोरु घाँस चपाउँछ ।
गुरु अक्षर खाएर दिन  रात अघाउँछ ।।

काँधका भरमा गोरु मुखको भरमा गुरु ।
हिन्दैछन जिन्दगी धानी धर्तिमा लुरुलुरु ।।

गुरु र गोरुमा छैन भिन्नता खासै तात्वीक ।
गोरु अज्ञानले दु:खी ज्ञानले गुरु दुखीत ।।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस