• ताजा समाचार, देश, समाचार, समाज

    एक असल रास्ट्र सेवक गुम्यो कि गुमाइयो ? – घटना छानविनका लागि सांसद योगेशको माग ।

     192 Views
    एक असल रास्ट्र सेवक गुम्यो कि गुमाइयो ? – घटना छानविनका लागि सांसद योगेशको माग ।

    फागुन-६, काठमाडौं । बारामा जीप दुर्घटनामा परेर गम्भीर घाइते हुनु भएका रास्ट्र सेवक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको मृत्यु भएको छ । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारका क्रममा आज सोमवार दिउँसो ३:०० बजे उहाँको मृत्यु भएको हो ।

    यसअघि १२ माघमा भट्टराईको ना १ झ १६३३ नम्बरको स्कार्पियो जीप सडकमा रोकी राखेको ट्याक्टरको टेलरसँग ठोक्किँदा सशस्त्र प्रहरी बलका एसपी बलराम पोख्रेलको घटनास्थलमै मृत्यु भएको थियो भने भट्टराईसहित अन्य ३ जना घाइते भएका थिए ।

    कर्मचारी मिलन केन्द्र बाराले निजगढस्थित शहीद हिरालाल पार्कमा आयोजना गरेको वनभोज कार्यक्रमबाट फर्किएको जिप पथलैया–निजगढ सडकखण्डको पसाहा पुल नजिक दुर्घटना भएको थियो । घटनालगत्तै स्थानीय अस्पतालमा सामान्य उपचारपछि उनलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो ।

    गत शनिबारबाट उनको परिवारले पत्रकार सम्मेलन गरेर घटना संकास्पद भएको दाबी गरेको थियो । घटनामा ज्यान गुमाएका सशस्त्रका एसपी पोख्रेलको परिवारले जिल्ला प्रहरी कार्यालय, बारामा स्कोर्पियो चालक जगतनारायण राउत कुर्मीविरुद्ध जोहरी समेत दिएका छन् । हाल उनी प्रहरीकै हिरासतमा छन् ।

    यस विषयमा सांसद योगेश भट्टराईको फेशबुक पेजबाट साभार : “छानबिन होस !
    सवारी साधन दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको निधन भएको खबरले अत्यन्तै दुखी भएको छु । देशले एकजना कुसल र जनप्रिय प्रशासक गुमाएको छ । वहाँको सवारी दुर्घटनाका बारेमा अनेक आशंका तथा सन्देहहरु सार्वजनिक भईरहेको सन्दर्भमा छानबिन गर्न सरकारको ध्यानाकर्षण गर्दछु । वहाँप्रति हार्दिक श्रद्धान्जली र परिवारजनमा गहिरो समबेदना ब्यक्त गर्दछु ।”

    यसमा तपाइको मत

    Facebook Comment