• कला/साहित्य, गजल

    क्रान्तिको कात्रो ओढ्नेहरु हो !

     211 Views
    फागुन २५, काठमाडौं ।
    कविता :
    क्रान्तिको कात्रो ओढेर
    निर्दोष जनता मार्नेहरुको
    समवेदनाका शब्दले
    झुक्याएर
    सत्ता ताक्नेहरुको
    ती झुटा राष्ट्रियता
    अनि
    त्यो पानी मिसिएको
    लालसलाम
    जनताले
    कहिले बुझ्ने ?
    क्रान्तिको चुरमा
    पोचो पसिसकेको
    गरिबको नाममा
    राजनिति गर्ने
    लुटेराहरुलाई
    चुरा लगाई दिएर ,
    मण्डलामा
    कहिले नचाउने ?
    **********
    अब
    जनता वेकुफ बनाउनेहरु
    खबरदार !
    फेरि पनि
    क्रान्ति नै हुन्छ भने
    बिना नेताको हुनेछ
    जनता मात्रको हुने छ
    चन्द्र सुर्य झण्डा बोकेर हुने छ ।

    जस्को परिणाम !
    सिरमा जिउ नरहला
    समाजमा
    बिउ नरहला
    भ्रष्ट नेताहरुको ।

    अब फेरि लेखिएछ भने
    युद्दको इतिहास
    कुनै जनताको हैन
    लेखिने छ
    भ्रष्ट नेताहरुको
    रगतले ।

                          रचना :- ज्ञानु तामाङ

    यसमा तपाइको मत

    Facebook Comment