• +977 1 4410478

  • info@onlinesamaya.com

  • ताजा समाचार, देश, समाचार

    बिप्लवलाई प्रतिबन्ध लगाउनु जायज- उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल

     37 Views
    बिप्लवलाई प्रतिबन्ध लगाउनु जायज- उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल

    फागुन १, काठमाडौं । नेपाल सरकारका उपप्रधान एवं रक्षामन्त्री तथा नेकपा सचिवालय सदस्य समेत रहेका ईश्वर पोखरेलले नेत्र विक्रम चन्द ‘विप्लव समुह’ लाई प्रतिबन्ध लगाउनु जायज भएको प्रष्ट पारे ।

    शुक्रवार बिहान नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को काठमाडौं जिल्ला कार्यालय उद्घाटन समारोहमा सम्बोधन गर्दै सो कुरा बताएका हुन् । संविधानले दिएको अधिकार प्रयोग गरेर राजनीतिक गतिविधी गर्न पाइने तर हत्या, हिंशा, अपहरण, चन्दाअसुली जस्ता अराजनितिक कार्यलाई टुलुटुलु हेरेर सरकार नबस्ने बताए ।

    सोहि कार्यक्रममा सिके राउत सँगको सहमतिलाई सार्वभौम, अविभाज्य र अखण्ड नेपाल निर्माणका लागि एउटा कोशे ढुंगा सावित भएको जिकिर गरे । स्वतन्त्र मधेशको आन्दोलन चलाईरहेको समुहलाई वार्तामा ल्याएर अखण्ड र अविभाज्य मुलुक बनाउछु भनेर सपथ खाने वातावरण बनाउनु के सरकारको कमजोरी हो? उनको प्रतिप्रश्न थियो ।

    यसमा तपाइको मत

    Facebook Comment