• दृष्टिकोण, विचार

    बिप्लव र सिके समुहलाई हेर्ने विषयमा नेताहरु बिच मत बाझिनु दु:खद – रोशन बस्नेत युवासंघ नेपाल स्थायी कमिटि सदस्य

     53 Views
    बिप्लव र सिके समुहलाई हेर्ने विषयमा नेताहरु बिच मत बाझिनु दु:खद – रोशन बस्नेत युवासंघ नेपाल स्थायी कमिटि सदस्य

    चैत्र १, काठमाडौं । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (विप्लव समुह)ले राजनीतिक चरित्र गुमाउँदै गएको निष्कर्ष निकाल्दै नियन्त्रण गर्ने निर्णय गरे सँगै नेपालको राजनिति केहि समय तरंगित हुने देखिएको छ ।

    नेपाल सरकारले आह्वान गर्दा पनि सो समूह वार्तामा नआएको र विकासनिर्माणमा अवरोध पु¥याउनाका साथै विस्फोटन गराएकाले त्यसको गतिविधि नियन्त्रण गर्ने अवस्था आएको जनाइएको छ । उक्त समूहको गतिविधि आपराधिक भएको निष्कर्ष निकाल्दै उसको गतिविधि निषेध गर्ने निर्णय गरिएको बताइएको छ ।

    तर सो समुहलाई प्रतिबन्ध लगाउनु ठिक र बेठिक भन्ने सन्दर्भमा टिका टिप्पणी जारी रहेका बेला सो पार्टीको एक महत्वपुर्ण जनवर्गिय संगठन युवासंघ नेपालका नेताहरुले आ आफ्नो ढंगले सामाजिक सञ्जालमा प्रतिक्रिया दिए पछि सोही संगठनका स्थायी कमिटि सदस्य रोशन बस्नेतले यस्तो संवेदनशिल विषयमा नेताहरुका फरक फरक धारणा आउनु दु:खद भएको बताए ।

    विप्लवका गतीविधिलाई नियन्त्रण गर्ने सरकारको घोषणा आए लगत्तै युवासंघ अध्यक्ष रमेश पौडेलले सरकारको निर्णयलाई बचाउ गर्दै सामाजिक सञ्जालमा आफ्नो प्रतिक्रिया यसरी राखे ।-  “अब वल विप्लव कै हातमा छ । के गर्छन् उनीहरुले हेर्न बाकी छ । तर केही शान्तिकाे कुरा गर्ने साथीहरूले हिंसात्मक गतिविधिमाथि प्रतिवन्ध लगाउनुलाई गृहयुद्धको अर्थ लगाउँदै समाजमा हिंसा सहज अनुमोदन हुनुपर्छ भन्न खोज्नु भएको जस्तो अभिव्यक्ति दिरहनु भएको छ । याे के भन्न खाेजेकाे हाे? हैनभने विप्लवले हत्या हिंसा गरिरहने सरकारले टुलुटुलु हेरेर बस्नु पर्ने ? Ncell माथि बम हान्दा निर्दाेष मान्छे मरे , त्यो पनि सरकारले सहनु पर्ने ? राेहण गुरुङ माथि आक्रमण हुदा पनि ठिक गरिस भन्नू पर्न ? कि हामीले भनाै विप्लव समुहको हत्या -हिंसा ठिक छ । हैन भने प्रतिबन्ध याे सरकारले चालेको बाध्यकारि कदम हाे जस्तो लाग्छ मलाई । साथीहरूले थाहा पाउनु पर्छ – बिप्लव समुहसँग लामो समय सरकारी टोलीले वार्ता गरेको थियो । तर, हिंसा, लूटपाट, आगजनी, चन्दा असुली उसको छनौट बन्यो । सरकार र समाजले त्यसलाई नियन्त्रण गर्ने बाटो लिनु कसरी नाजायज ? फेरि शान्तिपूर्ण धारमा आउछु भने भने बार्ता गरेर प्रतिबन्ध हटाईदिए भै गाे । बल उनीसंगै छ । यति बुझाै ।”

    सरकारको सो निर्णयलाई संघका महासचिव नरेश शाहीले अध्यक्ष रमेश पौडेलको फेसबुक पेजमा कमेन्ट गर्दै आफ्नो प्रतिक्रिया यसरी राखेका छन् । – “प्रतिबन्धित गर्नुपर्ने देशद्रोही सिके राउतलाई स्वागत गर्नु अनि राजनीतिक बैचारिक उपचार खोज्नुपर्ने विप्लब लाई प्रतिबन्धित गर्नु सङ्गती मिलेन कि ? देश फेरि द्वन्द्वमा गयो । सरकार ! इतिहासको सिकाइको आधारमा पनि विप्लब सग राजनीतिक समाधान खोज । मुटभेटले सबैलाइ नोक्सानीको नतिजा दिनेछ । देश फेरि पनि रोग, भोग र शोकको स्थायी आवास बन्न सक्दैन, यस भित्रको नेपाली जिवन ? उफ ! सोच्न र कल्पना गर्नै सकिदैन । सरकार, द्वन्द्वको होइन शान्ति र विकाशको प्रयास आबश्यक छ यहाँ । ”

    सरकारले सबै खालका गतीविधिलाई सुक्ष्म ढंगले अध्ययन गरेर निर्णय गरेको विषयमा अध्यक्ष र महासचिवको धारणा फरक देखिनु  संगठनका लागि घातक हुने पनि नेता बस्नेतले बताए ।

    यसमा तपाइको मत

    Facebook Comment