• खेलकुद

    समुह बिजेता बन्दै नेपाल सेमिफाईनलमा प्रवेश

     21 Views
    समुह बिजेता बन्दै नेपाल सेमिफाईनलमा प्रवेश

    बंगलादेश ३- ० ले पराजित

    चैत २, विराटनगर । साफ महिला च्याम्पियनसिप फुटबलमा बंगलादेशमाथि सहज जित निकाल्दै नेपाल समूह ए को विजेता बनेको छ । आफ्नो पहिलो खेलमा भुटानलाई पराजित गरेका दुवै टोली समुह विजेताका लागि एक आपसमा भिडेका थिए ।

    नेपालले खेलको छैटौं मिनेटमा उपहार गोलबाट अग्रता लिएको थियो । अनिता बस्नेतले प्रहार गरेको बल क्लियर गर्न खोज्दा बंगलादेशकी मसुरा पर्भिनले आफ्नै पोष्टमा गोल गरिन् ।

    २३औं मिनेटमा सावित्राले उत्कृष्ट गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन् । पाँच मिनेटपछि साबित्राकै पासमा मञ्जलीकुमारी योञ्जनले गोल गरिन् । योसँगै नेपाल ३-० गोल अन्तरले बिजयी रहयो ।

    दोस्रो हाफमा भने नेपालले पहिलो हाफको जस्तो खेल दोहोर्‍याउन सकेन । पहिलो हाफमा उत्कृष्ट रहेको मिडफिल्ड दोस्रो हाफमा सोही लयमा देखिएन भने फरवार्ड लाइनका खेलाडी पनि चल्न सकेनन् ।

    स्ट्राइकर शावित्रा भण्डारीका थुप्रै प्रहारहरुलाई बंगलादेशकी खेलाडी मसुरा पर्भिनले उत्कृष्ट ढंगले बचाइन । यो सँगै नेपाल ३- ० गोल अन्तरमा चित्त बुझाउन बाध्य रहयो ।

    दोश्रो हाफमा बंगलादेशले केहि राम्रा अवसर सिर्जना गरे पनि गोल गर्न सकेन । उसको एउटा प्रहार बारमा लागेर फर्कियो ।

    यसमा तपाइको मत

    Facebook Comment