देउसी समूहको झडपमा नौ घाइते, १० पक्राउ

अनलाइनसमय |
२३ कार्तिक २०७५

२३ कात्तिक, बाँके, जिल्लाको जानकी गाउँपालिका–५ बनिया गाउँमा देउसीभैलो खेल्ने क्रममा विवाद हुँदा दुई पक्षबीच झडप भएको छ ।

झडपमा नौ जना घाइते भएका छन् ।

गए राति १० बजेतिर भैलो खेल्ने क्रममा मदिरा सेवन गरेका दुई युवा समूहबीचको विवाद कुटाकुटमा परिणत भएको  जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अरुण पौडेलले बताए ।

घटनामा संलग्न १० युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

झडपमा घाइते भएका नौ जना नेपालगञ्ज मेडिकल कलेजमा उपचार गरी घर फर्किएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस