प्रदेश सरकारद्वारा भोली सार्वजनिक विदा !

अनलाइनसमय |
२१ माघ २०७५
प्रदेश सरकारद्वारा भोली सार्वजनिक विदा !

काठमाडौं, माघ २१- सोनाम ल्होसारको अवसरमा प्रदेश ३ सरकारले माघ २२ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रदेश ३ सरकारले आइतबार सूचना जारी गरी तामाङ समुदायले मनाउने साँस्कृतिक पर्व सोनाम ल्होसारको अवसरमा सार्वजनिक बिदा दिने जनाएको हो। प्रदेश ३ मा तामाङ समुदायको बाक्लो बसोबास रहेको छ ।

नयाँ वर्षका रुपमा मनाइने २८५५ औँ सोनाम ल्होसारमा इस्टमित्रहरु बिचमा शुभकामना आदानप्रदान गर्ने, मिठो मसिनो खाने, गुम्बामा गई पूजा गर्ने, हरेक घरमा शान्तिको प्रतीक लुंदर राख्ने, आफन्तको घरमा गइ ठूलाबाट आशीर्वाद लिँदै खुसी साटासाट गरी मनाइने प्रचलन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस