६ सचिवको सरुवा, को कहाँ ?

अनलाइनसमय |
८ फागुन २०७५
६ सचिवको सरुवा, को कहाँ ?

फागुन-८, काठमाडौं । सरकारले गजेन्द्र ठाकुरलाई खानेपानी मन्त्रालयबाट नेपाल ट्रष्टको कार्यालयमा सरुवा गर्दै एकै पटक ६ जना सचिवहरूको सरुवा गरेको छ । ठाकुरको खानेपानी मन्त्री बिना मगरसँग मत बाझिएपछि उनलाई सरुवा गरिएको हो । ठाकुरले मन्त्री मगरले आफूलाई अनियमित रुपमा काम गर्न दबाव दिएको र आफूले अस्वीकार गर्दा सरुवा गरिएको बताउँदै आएका छन् ।

एक जना सहसचिवलाई सचिवमा बढुवा गरी पदस्थापन गरिएको छ ।

पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटालाई पर्यटन मन्त्रालयबाट युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ । पर्यटन मन्त्रालयमा युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटालाई ल्याइएको छ ।

खानेपानी मन्त्रालयमा दीपेन्द्रनाथ शर्मालाई ल्याइएको छ । शर्मा यसअघि प्रधानमन्त्री कार्यालयमा थिए । नेपाल ट्रष्टमा सचिव पद रिक्त थियो ।

यस्तै सहसचिव सूर्य गौतमलाई सचिवमा बढुवा गरी महालेखा नियन्त्रकको कार्यालयमा पदस्थापन गरिएको छ ।

यसैगरी प्रधानमन्त्री कार्यालयका अर्का सचिव रेश्मीराज पाण्डेलाई रक्षा मन्त्रालयमा सरुवा गरिएको छ । रक्षा मन्त्रालयका विष्णुप्रसाद लम्साललाई प्रधानमन्त्री कार्यालयमा तानिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस