• Uncategorized, खेलकुद, ताजा समाचार

    टी–२० महिला विश्वकप एसिया छनोट : नेपाल र हङकङ बिचको खेल आज

     38 Views
    टी–२० महिला विश्वकप एसिया छनोट : नेपाल र हङकङ बिचको खेल आज

    फागुन-१२, काठमाडौं । आईसीसी टी–२० महिला विश्वकप क्रिकेट एसिया क्षेत्र छनोटमा आज नेपालले हङकङसँग प्रतिस्पर्धा गर्दैछ ।

    थाइल्यान्डको बैंककमा आज नेपालले आफ्नो चौथो खेलमा हङकङसँग प्रतिस्पर्धा गर्न लागेको हो । यसअघि भएको पहिलो खेलमा नेपालले मलेसियालाई ३४ रनले पराजित गरेको थियो । त्यस्तै, दोस्रो खेलमा थाइल्यान्डसँग ५७ रनले पराजित हुदा तेस्रो खेलमा भने नेपालले यूएईलाई सात विकेटले पराजित गर्न सफल भएको थियो ।

    हङकङलाई पराजित गर्दै विश्वकपको ग्लोबल छनोटमा पुग्ने सम्भावनालाई कायमै राख्ने दाउमा नेपाल रहेको छ । खेल नेपाली समयअनुसार १२ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।

    नेपाल अंक तालिकाको चौथो स्थानमा छ । नेपालले तीन खेलमध्ये एक खेलमा हार र दुई खेलमा जित हात पार्दै ४ अंक बनाएको छ । यता, शीर्ष स्थानमा रहेको थाइल्यान्डको भने ६ अंक छ । त्यस्तै, दोस्रो स्थानमा रहेको यूएईको पनि ६ अंक रहंदा तेस्रो स्थानमा रहेको चीनको पनि ६ अंक छ । यो समिकरणले नेपाल भने जित्नै पर्ने दबाबमा देखिएको छ ।

    त्यसैगरी नेपालले २५ तारिखमा चीनसँग खेल्ने छ भने अन्तिम खेलमा कुवेतसँग २७ फेब्रुअरीमा खेल्दैछ ।

    यसमा तपाइको मत

    Facebook Comment