• खेलकुद, ताजा समाचार

    महिला विश्वकप छनोटमा : नेपाल चिनसँग प्रतिस्पर्धा गर्दै

     24 Views
    महिला विश्वकप छनोटमा : नेपाल चिनसँग प्रतिस्पर्धा गर्दै

    फागुन-१३ काठमाडौं । एशियाली क्षेत्रबाट महिला विश्वकप क्रिकेट छनोट खेलमा आज नेपालले चिनसँग प्रतिस्पर्धा गर्दै छ । चार खेलबाट छ अंक प्रप्त गर्दै नेपाल छनोटका लागि प्रयासरत छ । प्रतियोगितामा बलियो देखिएको थाइल्याण्डको ८ अंक छ ।

    अब हुने खेलमा नेपालले जितेर मात्र पुग्दैन । नतिजा अरुको खेलमा पनि भर पर्नुपर्ने अवस्था आएको छ । चिनसँगको खेल सोमबार १२: ४५ मा शुरु हुनेछ ।

    यसअघि भएको पहिलो खेलमा नेपालले मलेसियालाई ३४ रनले पराजित गरेको थियो । त्यस्तै, दोस्रो खेलमा थाइल्यान्डसँग ५७ रनले पराजित हुँदा तेस्रो खेलमा भने नेपालले यूएईलाई सात विकेटले पराजित गर्न सफल भएको थियो । त्यस्तै, चौथो खेलमा नेपालले हङकङलाई चार विकेटले पराजित गरेको थियो ।

    त्यसैगरी अन्तिम खेलमा नेपालले २७ तारिखमा कुवेतसँग खेल्दैछ ।

    यसमा तपाइको मत

    Facebook Comment