चाबहिलमा माइक्रोको ठक्करबाट एक महिलाको मृत्यु

अनलाइनसमय |
१३ फागुन २०७५
चाबहिलमा माइक्रोको ठक्करबाट एक महिलाको मृत्यु

फागुन-१३, काठमाडौं । गत शनिवार बेलुकी अन्दाजी ८ : ४५ बजेको समयमा कामनपा-७ चावहिल ओरालोमा ना २ च ८४२ नम्बरको हायसले दाङ जिल्ला दाङ उपमहानगरपालिका वार्ड नं. ५ घर भएकी वर्ष ५० की रुपानिया थरुनीलाई ठक्कर दिएको थियो ।

घाइते थरुनीलाई तत्कालै ओम अस्पतालमा पुर्याइएको थियो । तर उपचारकै क्रममा सोमबार साँझ ६ः ५५ बजेको समयमा निधन भएको जानकारी अस्पतालले गरायो । घटना पश्चात सवारी साधन र चालकलाई गौशाला प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस