चैत्र ४, झापा । नेकपा झापा कार्यदलले नगर गाउको नेतृत्व सर्वसम्मत रुपमा चयन गरेको छ । कार्यदलका सदस्य समेत रहेका पुर्व नेकपा(एमाले) झापा जिल्ला कमिटी अध्यक्ष चिन्तन पाठकले एकता प्रक्रियालाई सहज ढंगले लिँदै आफ्नो जिम्मेवारी पुरा गर्ने दिशा तर्फ अगाडी बढेको स्याटलाइट खबरलाई जानकारी गराए।
गत फागुन २१ गते ‘सुखानी सहिद’ दिवशको अवसर पारेर जिल्लाका १३१ वटै वडा तहको नेतृत्व समेत घोषणा गरिसकिएको पनि पाठकले जानकारी गराए ।
१५ वटा स्थानिय तह रहेको झापामा पुर्व एमाले ले ९ र पुर्व माओवादी केन्द्रले ६ वटा स्थानिय तहमा नेतृत्व गर्ने गरि एकता टुङ्ग्याएको जनाएको छ । जसमा बुद्दशान्ति, अर्जुनधारा, विर्तामोड, कचनकवल, बार्हदशी, कन्काई, कमल, गौरादह र दमक पुर्व एमाले ले नेतृत्व गर्ने छन् भने मेचीनगर, भद्रपुर, हल्दिवारी, झापा, शिवसताक्षी र गौरिगञ्ज पुर्व माओवादी केन्द्रले नेतृत्व गर्ने जनाइएको छ।
