मेरो चरित्र हत्या भयो- वामदेव गौतम

अनलाइनसमय |
१८ फागुन २०७५
मेरो चरित्र हत्या भयो- वामदेव गौतम

फागुन-१८, काठमाडौं। गत बुधवार हेलिकप्टर दुर्घटनामा परेर  ज्यान गुमाएका पर्यटन मन्त्री रवीन्द्र अधिकारीको अन्त्यष्टिमा नेता गौतम सहभागी भएपछि कास्कीबाट उपनिर्वाचन लड्ने मनसायले उनी सहभागी भएको बजार हल्ला फिँजाइएको थियो । सो हल्लाको खण्डन गर्दै  गौतमले आफू उम्मेदवार नबन्ने प्रष्ट पारेका हुन् ।

गौतमले हुँदै नभएका निराधार कुरा प्रचारमा ल्याइएको भन्दै चित्त दुखाएका छन् ।

उनले आफ्नो फेसबुकमा लेखेका छन्,- ‘यो मेरो चरित्र हत्या गर्ने निकृष्ट र षड्यन्त्रमूलक विचार राखेर सुरु गरिएको कुप्रचार मात्र हो । मृत्यु शोकमा पाइला टेकेर व्यक्तिगत स्वार्थ पूरा गर्ने विचारलाई मैले कहिल्यै मान्यता दिइनँ । जीवनभर दिने पनि छैन ।’

पार्टीले उम्मेदवार बनाए पनि आफू अधिकारीको निर्वाचन क्षेत्रबाट उम्मेदवार नबन्ने गौतमले प्रष्ट पारेका छन् । बरु उक्त निर्वाचन क्षेत्रमा अधिकारीकै परिवारका सदस्यलाई उम्मेदवार बनाउनु पर्ने गौतमको भनाइ छ ।

‘मेरो इच्छाविपरीत पार्टीले निर्णय गरेछ भने पनि म कमरेड रवीन्द्रको दुःखद् निधनवाट खाली भएको निर्वाचन क्षेत्रमा उम्मेदवार बन्ने छैन । मेरो सम्पूर्ण प्रयत्न स्व.क.रवीन्द्रको परिवारका सदस्यलाई नै उमेदवार बनाउनेमा लगाउने छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस