दुर्घटनाग्रस्त इथियोपियाली विमानको ‘ब्ल्याक बक्स’ भेटियो

अनलाइनसमय |
२७ फागुन २०७५
दुर्घटनाग्रस्त इथियोपियाली विमानको ‘ब्ल्याक बक्स’ भेटियो

फागुन २७, इथियोपिया। आइतबार दुर्घटनाग्रस्त इथियोपियाली विमानमा उडानका समय हुने गतिविधि रेकर्ड गर्ने दुईमध्ये एउटा ‘ब्ल्याक बक्स’ भेटिएको छ।

अनुसन्धानका लागि खटिएका अधिकारीलाई उद्धृत गर्दै इथियोपियाली सञ्चारमाध्यमले सो कुरा जनाएका हुन् ।

इथियोपियाली विमान कम्पनीको बोइङ ७३७ राजधानी अदिस अबाबाबाट उडेको केही मिनेटपछि आइतबार बिहान दुर्घटनाग्रस्त भएको थियो। घटनामा चालका दलका आठ सदस्यसहित १५७ जनाको मृत्यु भएको थियो।

इथियोपियाको फाना ब्रोडकास्टिङ कर्पोरेटले आफ्नो ट्वीटर पेजमा लेखेको छ, ‘इथियोपियन एयरलाइन्सको दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स’ भेटिएको छ।’(रासस/एएफपी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस