चेल्सी युरोपा लिगको क्वाटरफाइनलमा

अनलाइनसमय |
१ चैत २०७५
चेल्सी युरोपा लिगको क्वाटरफाइनलमा

चैत्र १, काठमाडौं । दोश्रो लेगमा पनि फराकिलो जित निकाल्दै चेल्सी युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको दोस्रो लेगको खेलमा डाइनामो किभलाई ५–० गोलअन्तरले पराजित गर्दै चेल्सी युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

चेल्सीले समग्रमा ८–० गोलको जित निकाल्दा पहिलो लेगमा डाइनामो किभलाई ३–० गोलअन्तरले पराजित गरेको थियो ।

चेल्सीको जितमा ओलिभियर जिराउडले ह्याट्रिक गोल गरे । त्यस्तै, मार्कस एलन्स र कलुम हुड्सन ओडोइले समान १–१ गोल गरे ।

पहिलो हाफमा ३–० गोलले अघि रहेको चेल्सीले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो । चेल्सीका लागि जिराउडले ५९औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस