एक वर्षमै थपिए ३७ लाखभन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्ता

अनलाइनसमय |
२ वैशाख २०८१

काठमाडौं, २ बेसाख । पछिल्लो एक वर्ष अवधिमा मोबाइल बैंकिङ प्रयोग गर्ने प्रयोगकर्ता ३७ लाखभन्दा बढी थपिएका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०८०÷८१ को आठ महिनामा मोबाइल बैंकिङ प्रयोग गर्ने प्रयोगकर्ताको सङ्ख्या २ करोड ३७ लाख ८३ हजार ३८९ पुगेको छ, जुन गत आवको साही अवधिको तुलनामा १८ दशमलव ५२ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा २ करोड ६५ हजार जनसङ्ख्यामा मात्र मोबाइल बैंकिङ सेवा पुगेको थियो ।

यस्तै चालू आवको आठ महिनामा १८ लाख ७४ हजार ९८२ प्रयोगकर्तामा इन्टरनेट बैंकिङ प्रविधि पुगिसकेको छ, जुन गत आवको फागुनसम्मको तुलनामा ५ दशमलव ३८ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा १७ लाख ७९ हजारभन्दा धेरै प्रयोगकर्तामा इन्टरनेट बैंकिङ प्रविधि पुगेको थियो ।

राष्ट्र बैंकका अनुसार आठ महिनामा डेविट कार्ड प्रयोग गर्ने प्रयोगकर्ता १ करोड २६ लाख ५१ हजारभन्दा धेरै छन् । त्यस्तै क्रेडिट कार्ड प्रयोग गर्ने प्रयोगकताको सङ्ख्या २ लाख ८३ हजार २४ रहेको छ ।

चालू आवको फागुनसम्ममा ५४ वटा बैंक सस्था छन् , जसमध्ये ६ हजार ४ सय ६४ वटा शाखाहरु छन् । सो अवधिमा बैंकमा नेपालीहरुको बैंक खाता ५ करोड ४४ लाखभन्दा धेरै रहेको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस