वेस्ट इन्डिज ‘ए’ विरुद्धको टी–२० सिरिजका लागि नेपाली टोलीको घोषणा

अनलाइनसमय |
१३ वैशाख २०८१
वेस्ट इन्डिज ‘ए’ विरुद्धको टी–२० सिरिजका लागि नेपाली टोलीको घोषणा

काठमाडौं, १३ चैत । घरेलु टोली नेपालले वेस्ट इन्डिज ए सँग खेल्ने पाँच टी–२० खेलको सिरिजका लागि नेपाली टोली घोषणा गरेको छ । रोहित पौडेलको कप्तानीमा रहेको क्यानले नेपालले १६ सदस्यीय टोली घोषणा गरेको हो । एसीसी प्रिमियर कपमा नभएका आरिफ शेख र तीव्र गतिका बलर आकाश चन्द टोलीमा छन् ।

नेपालले अन्य टोलीमा भने कुनै परिवर्तन गरेको छैन । नेपाल र वेस्टइन्डिज ए बीचको पहिलो खेल शनिबार हुनेछ । नेपालले जेठमा हुने आईसीसी टी–२० विश्वकपअघि यस सिरिजलाई तयारीको रुपमा समेत लिएको छ ।

वेष्ट इण्डिज ‘ए’ र नेपालबीचको पहिलो खेल टीयु क्रिकेट मैदानमा वैशाख १५ गते हुनेछ । वैशाख १६ मा दोस्रो, १९ गते तेस्रो, २० गते चौथो र २२ गते अन्तिम खेल हुनेछ । वेस्ट इन्डिज ‘ए’ पहिलो पटक नेपाल आएको हो ।

नेपाली टोलीमा रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि.सी., अभिनाश बोहरा, विवेक यादव र आकाश चन्द छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस