जिल्लामा अलपत्र आयोजनाको विवरण पठाउन सबै जिल्ला प्रशासनलाई गृहको निर्देशन

अनलाइनसमय |
१४ वैशाख २०८१
जिल्लामा अलपत्र आयोजनाको विवरण पठाउन सबै जिल्ला प्रशासनलाई गृहको निर्देशन

काठमाडौं, १४ वैशाख । गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई अलपत्र र रुग्ण आयोजनाको विवरण पठाउन निर्देशन दिएको छ । गृहले सबै जिल्ला प्रशासनलाई पत्र पठाँउदै अलपत्र परेका आयोजनालाई पूर्णता दिन सहजीकरण गर्न पनि आग्रह गरेको छ ।

जिप्रकालाई पठाइएको पत्रमा भनिएको छ, ‘मुलुकको विभिन्न स्थानहरुमा संचालित योजना तथा आयोजनाहरु पूर्ण कार्यान्वयन नभई अलपत्र र अपुरो हुन गई सार्वजनिक कोष तथा सम्पतिको नोक्सानी व्यहोर्नु परेको गुनासो आएको सन्दर्भमा त्यहाँ जिल्लास्थित आयोजना÷योजना संचालन गर्न कार्यालय÷निकायसँग समन्वय गरी त्यहाँ जिल्लास्थित हाल अलपत्र÷रुग्ण अवस्थामा रहेका योजना तथा आयोजनाहरुको विवरण यस मन्त्रालयमा पठाउनुहुन अनुरोध छ ।’

साथै त्यस्ता अलपत्र आयोजनालाई पूर्णता दिन सम्बन्धित कार्यालयलगायत सरोकारवालासँग समन्वय एवं सहजीकरण गर्न पनि गृहले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस