कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीको दाबी पेस

अनलाइनसमय |
२७ वैशाख २०८१
कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीको दाबी पेस

काठमाडौं, २७ वैशाख । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । बुधबार राति प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनका लागि २ दिनको समय दिएर आह्वान गरेका थिए ।

सो आह्वान गरेलगतै एमाले र माओवादी केन्द्रका ५२ जना सांसदको समर्थनमा कार्कीले दाबी पेस गरेका हुन् ।

मुख्यमन्त्रीलाई समर्थन गर्ने ५२ जना सांसदको आजै हस्ताक्षर सनाखत गर्ने तयारी छ । सनाखतपछि कार्कीले नियुक्ति पाउनेछन् ।

यता सरकार गठनको आह्वानविरुद्ध स्वतः कामचलाउ भएका मुख्मन्त्री केदार कार्की भने सर्वोच्च अदालत जाँदैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस