राष्ट्र बैंकद्वारा १५ खर्ब ६१ अर्बभन्दा बढी तरलता प्रशोचन

अनलाइनसमय |
१ जेठ २०८१
राष्ट्र बैंकद्वारा १५ खर्ब ६१ अर्बभन्दा बढी तरलता प्रशोचन

काठमाडौं, १ जेठ । चालू आर्थिक वर्षको ९ महिनामा नेपाल राष्ट्र बैंककले १५ खर्ब ६१ अर्बभन्दा बढी तरलता प्रशोचन गरेको छ । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकबाट स्थायी तरलता सुविधामार्फत रु.१ अर्ब २० करोड र ओभरनाइट तरलता सुविधामार्फत रु.७९४ अर्ब १ करोड गरी कुल रु.७९५ अर्ब २१ करोड (कारोबारमा आधारित) तरलता उपयोग गरेका छन् भने निक्षेप संकलन बोलकबोलमार्फत रु.६९३ अर्ब ५ करोड र स्थायी निक्षेप सुविधामार्फत रु.८६८ अर्ब ३५ करोड गरी कुल रु.१५६१ अर्ब ४० करोड (कारोबारमा आधारित) तरलता प्रशोचन गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा खुला बजार र स्थायी तरलता सुविधा लगायतका विभिन्न उपकरणहरुमार्फत खुद रु.४४४४ अर्ब ९ करोड तरलता प्रवाह गरिएको थियो ।

समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर ४ अर्ब २८ करोड खुद खरिद गरी रु.५६८ अर्ब ५८ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर ४ अर्ब २७ करोड खुद खरिद गरी रु.५५७ अर्ब ८१ करोड तरलता प्रवाह गरिएको थियो । समीक्षा अवधिमा अमेरिकी डलर २ अर्ब ७६ करोड बिक्री गरी रु.३६६ अर्ब ९९ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ३ अर्ब ५४ करोड बिक्री गरी रु.४६२ अर्ब १४ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस