एमाले संसदीय दलको बैठक बस्दै, नीति तथा कार्यक्रम र संसद अवरोधका विषयमा छलफल हुने

अनलाइनसमय |
२ जेठ २०८१
एमाले संसदीय दलको बैठक बस्दै, नीति तथा कार्यक्रम र संसद अवरोधका विषयमा छलफल हुने

काठमाडौं, २ जेठ । नेकपा एमालेको संसदीय दलको बैठक बस्ने भएको छ । एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार मध्याह्न साढे १२ बजे नयाँ वानेश्वरस्थित लोत्से हलमा बैठक बस्नेछ ।

बर्तौलाका अनुसार उक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम र संघीय संसदमा जारी अवरोधका विषयमा छलफल हुने छ ।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम बाचन गरेका थिए । उक्त कार्यक्रममाथि हुने छलफलमा के कस्ता विषय राख्ने भनेर एमालेले संसदीय दलको बैठकमा छलफल गर्न लागेको हो ।

साथै, संघीय संसदमा जारी प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधबारे पनि छलफल हुनेछ ।

कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको रकम अपचलन गरेको आरोप लगाउँदै संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै आएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस