सन्दीप लामिछानेको मुद्दामा आजै फैसला सुनाउने तयारी, अदालतबाहिर सुरक्षा व्यवस्था कडा

अनलाइनसमय |
२ जेठ २०८१
सन्दीप लामिछानेको मुद्दामा आजै फैसला सुनाउने तयारी, अदालतबाहिर सुरक्षा व्यवस्था कडा

काठमाडौं, २ जेठ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको अन्तिम फैसला बुधबार (आज) सार्वजनिक गर्ने तयारी गरिएको छ । फैसलाको तयारीसँगै उच्च अदालत पाटनको सुरक्षा व्यवस्था कडा बनाइएको हो ।

अदालत गेटबाहिर अदालतको अन्तिम फैसला सुन्न पत्रकार, वादी र प्रतिवादी पक्षका समर्थक जम्मा भएका छन् ।

मंगलबारको सुनुवाइमा पत्रकारलाई अदालत परिसरमा प्रवेश गर्न दिइए पनि बुधबार भने गेटबाट भित्र जान कडाइ गरिएको छ ।

अदालतमा मंगलबारदेखि सुरु भएको बहस बुधबार पनि हेर्दाहेर्दैमा रहेको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा अहिले मुद्दा सुनुवाइ जारी छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासमा लामिछानेको मुद्दामा सुनुवाइ भइरहेको छ ।

१३ पुस २०८० मा जिल्ला अदालत काठमाडौंले बलात्कार अभियोगमा दोषी ठहर गरी २५ पुसमा सन्दीपविरुद्ध ८ वर्ष जेल सजाय, पीडितलाई तीन लाख रुपैयाँ क्षतिपूर्ति र दुई लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो ।

उक्त फैसलालाई चुनौती दिँदै सन्दीप उच्च अदालत पुगेका थिए । उच्चले यो विवादलाई सफाइ दिने, जिल्लाकै फैसलालाई सदर गर्ने वा सबै उल्टाएर नाबालिग ठहर गरी १० देखि १२ वर्ष कैदको सजाय सुनाउने मध्ये एउटा विकल्प लिन सक्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस