अध्यक्ष ओली: कांग्रेसको बकबास सुनिरहन तयार छैनौं, अब गृहमन्त्रीले बोल्न नपाए एमालेले बोल्छ

अनलाइनसमय |
२ जेठ २०८१
अध्यक्ष ओली: कांग्रेसको बकबास सुनिरहन तयार छैनौं, अब गृहमन्त्रीले बोल्न नपाए एमालेले बोल्छ

काठमाडौं, २ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले गरेको संसद अवरोधको प्रतिरोध गर्ने बताएका छन् । बुधबार पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कांग्रेस कराइरहने र आफूहरु सुनिरहने स्थिति नरहने बताए ।

उनले भने, ‘नेपाली कांग्रेसले बकबास बोलिरहने हामी सुनिरहने होइन । यस्तो हुन्छ ? ‘अब बकबास सुनिरहन हामी तयार छैनौं । चाहिने कुरा गरे हुन्छ नि । यतै टोक्या छ, उतै टोक्या छ, यो के तरिका हो ?’

यस्तै उनले कांग्रेसले संसद र सांसदहरुको बहुमूल्य समय नष्ट पारिरहेको बताए । ओलीले संसदमा अब कांग्रेसलाई बोल्न नदिने बताउँदै संसदमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बोल्ने र उनले बोल्न नपाए एमालेले बोल्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस