विपीन जोशीलाई सकुशल स्वेदेश फर्काउन नेकपा एसको सरकारसँग माग

अनलाइनसमय |
३ जेठ २०८१
विपीन जोशीलाई सकुशल स्वेदेश फर्काउन नेकपा एसको सरकारसँग माग

काठमाडापैं, ३ जेठ । इजरायलको युद्धमा परेर लामो समयदेखि सम्पर्कविहीन रहेका विपीन जोशीलाई सकुशल नेपाल फर्काउन नेकपा एकीकृत समाजवादीले माग गरेको छ ।

पार्टीका उपमहासचिव तथा प्रचारप्रसार विभाग प्रमुख जगन्नाथ खतिवडाले पार्टीको आठौं बैठकको निर्णय सार्वजनिक गर्दै अध्ययनका लागि इजरायल गएका विपीनलाई स्वदेश फर्काउन सम्बन्धित अधिकारीसमक्ष अपील गर्ने निर्णय गरेको जानकारी दिए ।

उनले भने, ‘नेपालका विपीन जोशी लामो समयदेखि हमासको कब्जामा रहेको भन्ने सार्वजनिक भएको छ । यो बैठक उहाँलाई सकुशल मुक्त गर्न सम्बन्धित अधिकारीहरुसमक्ष अपील गर्दछ । र, निजलाई सकुशल नेपाल ल्याउन पहल गर्न नेपाल सरकार र अन्तर्राष्ट्रिय समुदायलाई अनुरोध गर्दछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस