काठमाडौं, ३ जेठ । नीति अनुसन्धान प्रतिष्ठानको कार्यकारी अध्यक्षमा प्रा. डा. लेखनाथ शर्मा नियुक्त भएका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सरकारी थिंकट्यांकको रुपमा स्थापना गरिएको उक्त प्रतिष्ठानमा शर्मालाई नियुक्तिको निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
शर्मा खुला विश्वविद्यालयका पूर्व उपकुलपति हुन् ।
यस्तै बैठकले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा संगीता खड्कालाई नियुक्त गर्ने निर्णय गरेको छ ।