काठमाडौं, ४ जेठ । राष्ट्रियसभा बैठक जेठ ६ गते सम्मका लागि स्थगित भएको छ । शुक्रबार बैठक सुरु भएलगत्तै कांग्रेस सांसदहरुले अवरोध गरेपछि बैठक जेठ ६ गते १ः १५ सम्मका लागि स्थगित भएको हो ।
अध्यक्ष नारायण दाहालले बैठक सुरु गरे लगत्तै कांग्रेस सांसदहरुले बिहीबार पनि अवरुद्ध गरेका थिए ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडान कांग्रेसको छ । लामिछाने सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप कांग्रेसले लगाउँदै आएको छ ।