नेपाल–भारत जमुनाहा नाका आजदेखि दुई दिनसम्म्म बन्द

अनलाइनसमय |
६ जेठ २०८१
नेपाल–भारत जमुनाहा नाका आजदेखि दुई दिनसम्म्म बन्द

काठमाडौं, ६ जेठ । बाँकेको नेपाल–भारत जमुनाहा नाका आजदेखि दुई दिनका लागि बन्द हुने भएको छ । भारतको उत्तरप्रदेश राज्यको बहराइच जिल्लामा हुन लागेको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै सो सीमानाका आज राति साढे १० बजेदेखि सोमबार बेलुका ५ बजेसम्म दुई दिन बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय, बाँकेले जनाएको छ । भारतको उत्तरप्रदेश राज्यको बहराइचमा सोमबार निर्वाचन हुँदैछ ।

खुला सीमाका कारण निर्वाचनको बेला सुरक्षा चुनौतीलाई मध्यनजर गरी भारतीय सुरक्षा निकायबाट पत्राचार भएअनुसार सीमानाका बन्द गर्न लागिएको बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले जानकारी दिए ।

नेपाल र भारत दुवै देशमा विभिन्न तहका निर्वाचन हुने समयमा विगतमा पनि सीमा नाका बन्द हुँदै आएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस