गृहमन्त्रीेको नाम नराखी कार्यादेश बनाउन सहमति नजिक दलहरू

अनलाइनसमय |
६ जेठ २०८१
गृहमन्त्रीेको नाम नराखी कार्यादेश बनाउन सहमति नजिक दलहरू

काठमाडौं, ६ जेठ । सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेशमा दलहरू सहमति नजिक पुगेका छन् ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको नेतृत्वमा शनिबार गठन भएको ४ सदस्यीय कार्यदल गृहमन्त्री रवि लामिछानेको नाम नराखी कार्यादेश बनाउने सहमति नजिक पुगेको छ ।

कार्यदल बैठकपछि एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदीय छानबिन समितिको कार्यादेशमा सहमति नजिक पुगिएको तर अन्तिम निष्कर्षमा नपुगिएको बताए ।

आइतबार बिहानबाट बसेको बैठक सहमति नजिक पुगे पनि कांग्रेसले केही समय मागेकाले संसदतिर जाने गरी उठिएको उनले बताए ।

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पनि छलफल सकारात्मक रहेको र केही कुरा मिल्न बाँकी रहेको बताए ।

कार्यादेशमा गृहमन्त्री रवि लामिछानेको नाम नराख्ने तर उनी मुछिएका सहकारीको नाम राख्ने गरी सहमति भएको छ । कांग्रे नेताहरु आन्तरिक छलफलबाट फर्किएपछि अन्तिम सहमति हुने जनाइएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस