नेकपा एसले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

अनलाइनसमय |
६ जेठ २०८१
नेकपा एसले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

काठमाडौं, ६ जेठ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताएका छन् ।आइतबार राजधानीमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

यस्तै नेपालले बिहान मात्र प्रधानमन्त्रीसँग भेट भएको सुनाउँदै भने, ‘हामी सरकारमा सहभागी छौं । त्यसैले हामीले विश्वासको मत नदिने प्रश्नै उ्ठ्दैन ।’

सुदूरपश्चिममा आफ्नो दलका मुख्यमन्त्रीले विश्वासको मत पाएको र आफूहरूले पनि कोशीमा विश्वासको मत दिएको नेपालले उल्लेख गरे ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार (भोलि) प्रतिनिधि सभामा विश्वासको मत लिने कार्यसूची छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस