टिओआर तय गर्न बसेको कार्यदलको बैठक निष्कर्षविहीन

अनलाइनसमय |
६ जेठ २०८१
टिओआर तय गर्न बसेको कार्यदलको बैठक निष्कर्षविहीन

काठमाडौं, ६ जेठ । सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश (टिओआर) तय गर्न बसेको कार्यदलको बैठक सहमतिमा नपुगी टुंगिएको छ । आइतबार कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको कार्यदलको बैठक निष्कर्षविहीन बनेको हो ।

कार्यदलका सदस्य राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले समग्र सहकारीमा छानबिन गर्नुपर्ने बताए । उनले भने, ‘कुनै एक व्यक्तिलाई आजै दोषी हो भनेर उहीमाथि मात्रै छानबिन हुनु न्यायोचित हुँदैन ।’

बैठकपछि कांग्रेस नेता तथा कार्यदलका सदस्य जीवन परियार गृहमन्त्री रवि लामिछानेमाथि राज्यको निकायले छानबिन गर्न सक्दैन भनेर नै आफूहरुले संसदीय छानबिन समितिको माग गरेको बताए ।

यस्तै रास्वपाका नेताा समेत रहेका कार्यदलका अर्का सदस्य शिशिर खनालले समग्र सहकारीको विषय भन्दा पनि कांग्रेसले गृहमन्त्रीलाई फोकस गरिरहेको बताए ।

सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन एमालेका नेता एवं कानुनमन्त्री पदम गिरीको नेतृत्वमा कार्यदल गठन गरिएको छ ।

उक्त समितिमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस