काठमाडौं, ७ जेठ । नेपाली कांग्रेसलगायत विपक्षी दलहरूले सदन र सडकबाट संयुक्त रूपमा संसदीय छानबिन समिति गठनको माग गर्ने भएका छन् ।
सोमबार दिउँसो बसेको विपक्षी दलहरूको बैठकले गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको मागलाई थप सशक्त रूपमा उठाउने निर्णय गरेको हो ।
यस्तै बैठकले आजको प्रतिनिधि सभामा सभामुख देवराज घिमिरेले खेलेको भूमिकामाथि पनि प्रश्न उठाएको छ । सभामुखले निष्पक्ष भूमिका निर्वाह गर्न नसकेको बैठकले निष्कर्ष निकालेको छ ।’
बैठकमा कांग्रेस, राप्रपाका साथै जसपा नेपाल, लोसपा र राष्ट्रिय जनमोर्चाका नेताहरू उपस्थित थिए ।