सभामुखको भूमिका पदीय गरिमाअनुकूल नभएको कांग्रेसको निष्कर्ष

अनलाइनसमय |
७ जेठ २०८१
सभामुखको भूमिका पदीय गरिमाअनुकूल नभएको कांग्रेसको निष्कर्ष

काठमाडौं, ७ जेठ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद्मा सभामुखको भूमिका पदीय गरिमाअनुकूल नभएको ठहर गरेको छ । विपक्षी दलहरूले वेल घेराउ गरेको अवस्थामा संसद्को बैठक अगाडि बढाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएपछि कांग्रेस संसदीय दलको बैठक बसेको थियो ।

बैठकले सभामुखको भूमिका पदीय गरिमाअनुकूल नभएको निष्कर्ष निकालेको छ । बैठकपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने, ‘कुनै एउटा पार्टी विशेषको कार्यकर्ताका रूपमा प्रस्तुत हुने कुरा सभामुखका लागि शोभनीय हुन्न ।’

साथै बैठकले सभामुखलाई संसदीय परम्परा जोगाउन, सभामुखको मर्यादा कायम राख्दै भूमिका निर्वाह गर्नसमेत आग्रह गर्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस