भङ्गहा–जनकपुर–जयनगर रेल सेवा आजदेखि पुनः सञ्चालन

अनलाइनसमय |
८ जेठ २०८१
भङ्गहा–जनकपुर–जयनगर रेल सेवा आजदेखि पुनः सञ्चालन

काठमाडौं, ८ जेठ । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आज बिहानदेखि पुनः सञ्चालन भएको छ । भारतमा जारी लोकसभा निर्वाचनका सन्दर्भमा उक्त सेवा बन्द भएको थियो ।

महोत्तरी र धनुषासँग सीमा जोडिएका भारतका मधुबनी र सीतामढीमा सोमबार निर्वाचन सम्पन्न भएपछि रेलसेवा प्रारम्भ भएको हो ।

नेपाल रेल्वे कम्पनी लिमिटेडले जेठ ५ देखि ७ गते सम्म रेलसेवा बन्द हुने जानकारी सार्वजनिक सूचना मार्फत प्रकाशन गरेको थियो । सूचनमा रेल्वे सेवा पुनः साविकबमोजिम जेठ ८ गतेदेखि नियमित सञ्चालनमा आउने जानकारी दिइएबमोजिम आज बिहानदेखि सञ्चालन भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस