सभामुख र प्रमुख सचेतकहरुबीच छलफल जारी

अनलाइनसमय |
८ जेठ २०८१
सभामुख र प्रमुख सचेतकहरुबीच छलफल जारी

काठमाडौं, ८ जेठ । सभामुख देवराज घिमिरे र राजनीतिक दलका सचेतक र प्रमुख सचेतकहरुबीच छलफल जारी छ ।

प्रतिनिधि सभाको बैठक अगाडि सभामुखले सचेतक र प्रमुख सचेतकहरुसँग छलफल गरेका हुन् । छलफल नयाँ बानेश्वरस्थित संसद भवनमा जारी छ ।

प्रतिनिधि सभाको बैठक बहान ११ बजे बोलाइएको भए पनि दलहरुबीचको छलफल लम्बिएका कारण प्रतिनिधि सभाको बैठक सुरु हुन सकेको छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस