काठमाडौं, ८ जेठ । प्रतिनिधि सभाको बैठक जेठ ११ गतेसम्मका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले जेठ ११ गते शुक्रबार बिहान ११ बजे बस्ने गरी बैठक स्थगित गरेका छन्।
मंगलबारको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै वेल घेराउ गरेका थिए।
बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसको अवरोधकै बिच राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद प्रस्ताव पारित गरिएको छ ।
सोही क्रममा राजनीतिक दलसम्बन्धी विधेयक दोस्रो संशोधन २०८० पनि फिर्ता भएको छ ।
साथै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ सभामा पेस गरेका छन् ।