राप्रपा द्वारा काठमाडौंमा मोटरसाइकल र्‍याली प्रदर्शन

अनलाइनसमय |
८ जेठ २०८१
राप्रपा द्वारा काठमाडौंमा मोटरसाइकल र्‍याली प्रदर्शन

काठमाडौं, ८ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबार मोटरसाइकल र्‍याली प्रदर्शन गरेको छ । नेपाल सरकार समक्ष पेश गरेको ४० बुँदे माग पूरा गर्न माग गर्दै राजधानी काठमाडौँमा मोटरसाइकल र्‍याली प्रदर्शन गरेका हुन् ।

र्‍याली बबरमहलमा जम्मा भएर माइतीघर मण्डल, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, न्युरोड, जमाल, महेन्द्र सालिक हुँदै नारायणहिटी संग्रहालय पुगेर समापन भएको छ ।

संवैधानिक राजतन्त्रका पुनस्थापनासहित संघीयता र धर्मनिरपेक्षताको खारेजीको माग गर्दै आएको राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै आइरहेको छ ।

सहकारी तथा लघुवित्तको समस्या समाधान हुनुपर्ने, ललिता निवास, वाइडबडी, नक्कली भुटानी शरणार्थी, ठुलो सुन काण्डलगायतको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने माग पनि राप्रपाको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस