गृहमन्त्री लामिछानेको सम्पत्ति: करिब ८० तोला सुन, अन्य कति छन् ?

अनलाइनसमय |
८ जेठ २०८१
गृहमन्त्री लामिछानेको सम्पत्ति: करिब ८० तोला सुन, अन्य कति छन् ?

काठमाडौं, ८ जेठ । सरकारले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।

गत जेठ ३ गते बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ सहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो।

कर्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार गृहमन्त्रीले बुझाएको सम्पत्ति विवरणमा पत्नी निकिता पौडेलको नाममा बूढानीलकण्ठ वडा नम्बर ८ मा ५ आना जग्गा रहेको उल्लेख छ । उक्त जग्गा पारिश्रमिकको तीन करोड ७५ लाख रुपैयाँमा खरिद गरिएको उल्लेख छ ।

विवरण अनुसार रवि लामिछानेको नाममा भक्तपुरमा एक रोपनी एक आना जग्गा रहेको छ । यो जग्गा पैतृक सम्पत्ति भएको उल्लेख छ । साथै पत्नी निकिताको नाममा काठमाडौं महानगरपालिका वडा नम्बर ७ मा १० रोपनी (संगोलमा) जग्गा रहेको उल्लेख छ ।

गृहमन्त्रीले बुझाएको सम्पत्ति विवरणमा करिब ८० तोला सुन रहेको उल्लेख छ । उनले यो अधिकांश बुवाआमाबाट र केही खरिद गरिएको उल्लेख गरेका छन्। चाँदीका भाडाकुँडा १५ देखि २० केजीसम्म रहेको उल्लेख छ।

गृहमन्त्री रविका नाममा दुइटा बैंकमा गरी एक लाख १० हजार रुपैयाँ छ भने निकिताको विभिन्न बैंक खातामा पाँच लाख ५८ हजारभन्दा बढी रकम रहेको सम्पत्ति विवरणमा उल्लेख छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस