श्रम मन्त्री अर्यालको काठमाडौंमा ३ करोडको घर, १० तोला हिरा–सावा २ करोडभन्दा बढी मौजदात

अनलाइनसमय |
८ जेठ २०८१
श्रम मन्त्री अर्यालको काठमाडौंमा ३ करोडको घर, १० तोला हिरा–सावा २ करोडभन्दा बढी मौजदात

काठमाडौं, ८ जेठ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार श्रम मन्त्री डोल प्रसाद अर्यालको काठमाडौं महानगर १६ मा ३ करोड मूल्यमा २८७.१४ वर्ग मिटरमा बनेको घर रहेको छ । श्रीमती अम्बिका केसीको नाममा रहेको घर ३ करोड रुपैयाँ खरिद गरिएको उनको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ । उनले उक्त घर किन्ने स्रोत निजी कमाइ रहेको उल्लेख गरेका छन् ।

यस्तै अर्यालकी श्रीमती केसीको नाममा काठमाडौं र धादिङमा गरेर ६ स्थानमा र अर्यालको नाममा लमजुङ र भक्तपुरमा गरि ६ स्थानमा सम्पत्ति रहेको छ । यी सम्पत्ति ५ करोड २८ लाखमा खरिद गरेको विवरणमा उल्लेख छ । सम्पत्ति प्राप्तिको स्रोत निजी कमाइ र व्यापार भएको विवरणमा उल्लेख छ ।

अर्यालको र श्रीमतीको नाममा गरेर विभिन्न बैंकमा २ करोड १८ लाख नगद मौजदात भएको उल्लेख छ । यसको प्राप्तिको स्रोत व्यापार भएको सम्पत्ति विवरणमा उल्लेख छ ।

विवरणअनुसार अर्यालसँग सुन १५० तोला, चाँदी १ सय तोला र हिरा १० तोला रहेको छ । त्यस्तै उनीसँग मेगा बैंकमा १० हजार,विग इन्भेस्टमेन्टमा ३५ हजार,पिपुल इन्भेस्टमेन्टमा ९ हजार,जनसागर सहकारीमा १० हजार, सुवर्णभूमि सहकारीमा १ हजार र संयम सहकारीमा २ हजार गरि कुल ६७ हजार कित्तामा ६७ लाख मूल्यको सेयर रहेको सम्पत्ति विवरणमा उल्लेख छ । यसको स्रोत पनि व्यापार भएको उल्लेख छ ।

अर्यालले सहकारी र व्यक्तिसँग गरि २ करोड ५० लाख ऋण लिएकोमा १ लाख ५० हजार तिरेको उल्लेख छ । साथै उनको नाममा १ करोड २५ लाखमा खरिद गरेको टोयोटा प्राडो कार र उनकी श्रीमतीका नाममा ४३ लाखमा खरिद गरेको टाटा नेक्सन इभी रहेको छ ।

अर्यालले निजी कमाइबाट ब्याङ्केट, ट्राभल रेमिट्यान्स र ह्याण्डिक्राफ्ट कम्पनी २ करोड २३ लाखमा खरिद गरेका उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस