धनुषा प्रहरीको हिरासतमा रहेका कैलाश सिरोहियालाई आजै अदालतमा पेश गर्ने तयारी

अनलाइनसमय |
९ जेठ २०८१
धनुषा प्रहरीको हिरासतमा रहेका कैलाश सिरोहियालाई आजै अदालतमा पेश गर्ने तयारी

काठमाडौं, ९ जेठ । दोहोरो नागरिकता आरोपमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई बुधबार (आज) बिहान धनुषा पुर्‍याइएको छ । अहिले सिरोहिया धनुषा प्रहरीको हिरासतमा छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले अनुसार उनलाई आजै जिल्ला अदालत धनुषामा पेश गर्ने तयारी गरिएको बताए ।

सर्लाहीका इन्द्रजित महतोले नागरिकता दुरुपयोग गरेको भन्दै सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालय, धनुषामा गत वैशाख १६ मा किटानी जाहेरी दिएका थिए ।

जाहेरीको आधारमा जिल्ला अदालते उनलाई पक्राउ गर्न मंगलबार अनुमति दिएको थियो । मंगलबार नै सिरोहियालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थापाथलीस्थित कान्तिपुर कार्यालयबाटै पक्राउ गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस