आगामी जेठ ३० मा जसपा नेपालको केन्द्रीय समितिको निर्वाचन

अनलाइनसमय |
९ जेठ २०८१
आगामी जेठ ३० मा जसपा नेपालको केन्द्रीय समितिको निर्वाचन

काठमाडौं, ९ जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको निर्वाचन यही जेठ ३० गते हुने भएको छ । पार्टीको केन्द्रीय निर्वाचन तदर्थ समितिले राष्ट्रिय महाधिवेशनबाट निर्वाचित हुने केन्द्रीय समितिको निर्वाचन कार्यतालिका तयार गरेको हो ।

कार्यतालिकाअनुसार जेठ २८ गते दिउँसो १ बजे मतदाताको नामावली प्रकाशित गरिनेछ । यस्तै जेठ २९ गते बिहान १० बजेदेखि १२ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुनेछ ।

सोही दिन १२ बजेदेखि २ बजेसम्म मनोनयपत्र माथि पर्ने दावी बिरोध दर्ता गर्ने, जाँचबुझ गर्ने कार्य हुने र त्यसैदिन ४ बजेसम्म सोउपर निर्णय गरिने जसपा नेपालका केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनका अनुसार जेठ ३० गते बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान कार्य हुनेछ । केन्द्रीय समितिको निर्वाचन सकिएपछि सबै पदको लागि मतगणना एकैपटक हुने जसपा नेपालले जनाएको छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस