‘राज्य आतंक बन्द गर, कैलाश सिरोहियालाई रिहा गर’ नारासहित जनकपुरमा प्रदर्शन

अनलाइनसमय |
९ जेठ २०८१
‘राज्य आतंक बन्द गर, कैलाश सिरोहियालाई रिहा गर’ नारासहित जनकपुरमा प्रदर्शन

कठमाडौं, ९ जेठ । कान्तिपुर मिडिया गु्रपका अध्यक्ष कैशाल सिरोहिया पक्राउविरुद्ध जनकपुरमा प्रदर्शन भएको छ । जनकपुर नागरिक समाजको ब्यानरमा प्रदर्शन भएको हो ।
प्रदर्शनकारीले ‘राज्य आतंक बन्द गर, सञ्चार उद्यमी कैलाश शिरोहियालाई रिहा गर’ नारासहित प्रदर्शन गरेका थिए। जनकपरको सुकरबारी बजारमा सडक अवरुद्ध गर्दै जनकपुर उद्योग वाणिज्य संघ, व्यवसायी, नागरिक समाज धर्ना बसेका छन् ।

उक्त धर्नामा जनकपुरधाम उद्योग वाणिज्यसंघका अध्यक्ष जितेन्द्र महासेठ, वरिष्ठ पत्रकार बृजकुमार यादव,उद्योग वाणिज्यसंघका पुर्व अध्यक्षहरू,जनकपुरधामका पुर्वमेयर, व्यापारी ,कांग्रेसका नेता,जसपा नेपालका नेता लगायतको उपस्थित थियो ।

यसैगरी सिरोहियालाई पक्राउ गरेको विरोधमा जनकपुरमा नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले पनि प्रदर्शन सुरू गरेको छ। नेविसंघका कार्यकर्ताहरू प्रदर्शन गर्दै धनुषा जिल्ला अदालत पुग्न खोज्दा प्रहरीले रोकेको छ । अहिले उनीहरु अदालतनजिकै सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् ।

प्रदर्शनकारीले प्रेस स्वतन्त्रता कायम गर, सहकारी ठग सरकार मुर्दावाद, प्रतिशोधले कलम झुकाउन पाइँदैन जस्ता नारा लगाइरहेका छन्।

अध्यक्ष सिरोहियालाई नागरिकता सम्बन्धी कसुरमा मंगलबार प्रहरीले कान्तिपुर पब्लिकेशनस्थित कार्यकक्षबाटै पक्राउ गरेर धनुषा लगिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस