सिरोहिया पक्राउबारे प्रधानमन्त्रीले भने:बढ्ता हो–हल्ला गर्न जरुरी छैन,निर्दोष हुनुहुन्छ भने सजिलै छुट्नुहुन्छ

अनलाइनसमय |
९ जेठ २०८१
सिरोहिया पक्राउबारे प्रधानमन्त्रीले भने:बढ्ता हो–हल्ला गर्न जरुरी छैन,निर्दोष हुनुहुन्छ भने सजिलै छुट्नुहुन्छ

काठमाडौं,९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउका विषयमा बढ्ता हो–हल्ला गर्न जरुरी नरहेको बताएका छन् ।
काठमाडौंमा आजदेखि सुरु भएको ‘हिमाल, मानिस र जलवायुसम्बन्धी विज्ञहरुको अन्तर्राष्ट्रिय संवाद’ कार्यक्रम उद्घाटनपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले अदालती प्रक्रियामा भएको कुरामा ‘हो–हल्ला’ गर्न जरुरी नरहेको बताए । उनले भने, ‘यो अदालतले प्रक्रिया अगाडि बढाऊ भनिसकेपछि अदालती प्रक्रिया बुझ्याछु मैले,यो बढ्ता हो–हल्ला गर्न जरुरी छैन ।’

यस्तै उनले सिरोहिया निर्दोष भए अदालती प्रक्रियाबाट छुट्ने बताएका छन् । प्रधानमन्त्री प्रचण्डले भने, ‘त्यो मान्छेले भन्ने कुरा हो । यो अब अदालती प्रक्रियामा उहाँ निर्दोष हुनुहुन्छ भने सजिलै छुट्नुहुन्छ, यो हल नै भइहाछ ।’ गृहमन्त्री रवि लामिछाने व्यक्तिगत रुपमै प्रस्तुत भएको आरोप लाई उनले खण्डन गरे ।

यस्तै उनले सरकारले सिरोहियासँग रिसिइबी साधेको भन्ने कुरा गलत भएको बताए । ‘त्यो गलत कुरा हो । उहाँसँग केके रिसिबी ?, रिसिइबी साँधेको भन्ने कुरा गलत हो ।’
नागरिकता दुरुपयोग गरेको भन्दै उजुरी परेपछि सिरोहिया मंगलबार पक्राउ परेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस