काठमाडौं, ९ जेठ । नेपाली कांग्रेसले ससंसदीय छानबिनको माग गर्दै जेठ ११ गते प्रदर्शन गर्ने भएको छ ।
बधुबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सहकारीको रकम अपचलनमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि ससंसदीय छानबिनको माग गर्दै जेठ ११ गते काठमाडौंमा प्रदर्शन गर्न निर्णय गरेको हो ।
त्यसपछि उपत्यका बाहिर पनि प्रदर्शन गर्ने कांग्रेसले जनाएको छ ।
गृहमन्त्रीमाथि संसदीय छानबिन, गृहमन्त्रीले संसदमा कांग्रेस नेताहरुमाथि लगाएको आरोपको विरोध र सहकारी पीडितको रकम फिर्ताको विषयलाई लिएर प्रदर्शन गर्ने कांग्रेसको तयारी छ ।