करेन्ट लागेर कैलालीमा भारतीय नागरिकको मृत्यु

अनलाइनसमय |
१० जेठ २०८१
करेन्ट लागेर कैलालीमा भारतीय नागरिकको मृत्यु

काठमाडौं, १० जेठ । कैलालीमा करेन्ट लागेर एक भारतीय नागरिकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारतको लख्खिमपुरका ५५ वर्षीय शिवराज गौतम रहेका छन् । गौरीगंगा नगरपालिका–३ को कुचैनीमा रहेको गोदावरी इटा उद्योगमा जडान गरिएको विद्युतीय मोटरको नल्कामा पानी पिउने क्रममा करेन्ट लाग्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गौतम सोही उद्योगमा काम गर्दै आएका थिए । करेन्ट लागेर घाइते भएका गौतमको सेती प्रादेशीक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस